गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट थप १६ जनाको मृत्यु

पोखरा – गण्डकी प्रदेशमा कोरोना भाइरसको संक्रमणबाट थप १६ जनाको मृत्यु भएको छ । प्रदेशमा पछिल्लो २४ घण्टामा विभिन्न अस्पतालमा उपचाररत १६ जनाको मृत्यु भएको हो । गण्डकी प्रदेशमा विभिन्न जिल्लाका १६ जना कोरोना संक्रमितको उपचारका क्रममा मृत्यु भएको प्रदेश स्वास्थ्य निर्देशक डा।विनोदबिन्दु शर्माले जानकारी दिए ।

उनका अनुसार कास्कीमा ४, तनहुँ २, नवलपरासी पूर्व ४,पर्वत १, म्याग्दी १,स्याङजा ३, र बागलुङमा १ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ । पोखरा–५ की ७२ वर्षीय महिला, पोखरा–१३ का ४८ वर्षीय पुरुष, कास्कीका माछापुच्छ्रे–२ का ६३ वर्षीय पुरुष, रुपन्देही तिलत्तोमा–१७ का ५२ वर्षीय कोरोना संक्रमित पुरुषको पोखरामा उपचारका क्रममा मृत्यु भएको छ।

त्यसैगरी नवलपरासी पूर्व,कावासोती–२ का ३८ वर्षीय पुरुष, गैडाकोट–१२ की ६८ वर्षीय महिला, बिनयत्रिवेणी –२ का ८० वर्षीय पुरुष, विनयत्रिवेणी–६ का ७३ वर्षीय पुरुष, तनहुँको शुक्लागण्डकी–७ की ७५ वर्षीय महिला र शुक्लागण्डकी–७ का ८२ वर्षीय कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ ।

त्यसैगरी पर्वतको कुश्मा नगरपालिका –४ का ७० बर्षिय पुरुष,स्याङजा अर्जुन चौपारी–५ का ८६ बर्षिय पुरुष,गल्याङ–८ का ५२ वर्षीय पुरुष र स्याङजाको कालीगण्डकी –७ की ५२ वर्षीय कोरोना संक्रमित महिलाको उपचारका क्रममा मृत्यु भएको हो ।

त्यस्तै बागलुङको बागलुङ–४ की ४२ वर्षीय महिला र म्याग्दीको अन्नपूर्ण –२ का ८२ वर्षीय पुरुषको होम आइसोलेसनमा मृत्यु भएको छ । योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ६९४ पुगेको छ ।