काठमाडौं – विवेकशील साझा पार्टीका नेता उज्जवल थापाको निधन भएको छ । मंगलबार उपचारका क्रममा उनको नेपाल मेडिसिटी अस्पतालमा निधन भएको हो ।
नेता थापा कोभिड १९ संक्रमणबाट गम्भीर भएपछि उनी सुरुमा ह्याम्स अस्पताल भर्ना भएका थिए । त्यसपछि उनलाई ग्राण्डी अस्पतालमा रिफर गरिएको थियो ।
पछि उनलाई इक्मो विधिबाट उपचार गर्नका लागि नेपाल मेडिसिटी अस्पताल लगिएको थियो । यो प्रविधीबाट उपचार गर्दा पनि उनको स्वास्थ्यमा सुधार आएको थिएन ।
सोमबार मात्र उनको कोभिड १९ रिपोर्ट नेगेटिभ आएको थियो । कोभिड १९ रिपोर्ट नेगेटिभ आएपनि उनको स्वास्थ्य अवस्था गम्भीर थियो ।