बालुवाटार बैठकको निष्कर्ष : पार्टी विभाजन रोक्न अन्तिमसम्म प्रयास गरिने

सबै फिर्ता ल्याउन सम्भव छैन, मूलधारमा धेरैलाई फर्काउनुपर्छु

काठमाडौं – नेकपा एमालेको स्थायी कमिटी बैठकले पार्टी विभाजन हुनबाट रोक्न अन्तिमसम्म प्रयास गर्नुपर्नेमा निष्कर्ष निकालेको छ।

पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वमा बसेको बैठकले पार्टी एकताका लागि लचिलो हुनुपर्ने निष्कर्ष निकालेको प्रवक्ता प्रदिप ज्ञवालीले बताए।

उनले भने, ुपार्टी एकताका लागि विभिन्न रूपमा छलफल भइरहेका छन्। अहिले कार्यदलको अस्तित्व छैन। अब आवश्यक भए अर्को बन्नसक्छ। त्यो कार्यदल सदस्यहरू कारवाहीमा परिसक्नुभएको छ।ु

माधव नेपाल समूहले पार्टीको उम्मेदवारलाई हराएर गर्व महसुस गरिरहेको बताए। पार्टीबाट कारवाही भइसकेकालाई फर्काउने सम्भावना नभएको संकेत गर्दै मूलधारमा धेरैलाई फर्काउने प्रयास भइरहेको स्पष्ट पारे।

ुशेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउने र आफ्नो उम्मेदवार हराउन उहाँ लाग्नुभएको छ। ती साथीहरू फर्किनुभयो भने त राम्रो हुन्छु, उनले भने, ुउहाँहरूको गतिविधि र हाम्रो पार्टी एकताको कहिँकतै तालमेल मिल्दैन।ु

एकतालाई जोगाउन लागिपरेको भएकाले स्पष्टीकरण सोधिएको बिषयमा छलफल नभएको बताए।