काठमाडौं – नेकपा एमालेको स्थायी कमिटी बैठक आज विहान ११ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्दै छ।
यसअघि आइतबार आन्तरिक कारण भन्दै तथा सोमबार लुम्बिनी प्रदेशको राष्ट्रिय सभा निर्वाचनका कारण बैठक स्थगित भएको थियो।
बैठकमा शनिबार अध्यादेशमार्फत् ल्याइएको बजेटको समीक्षा तथा पार्टीको आन्तरिक वातावरणबारे छलफल हुने , बैठकमा यसअघिको बैठकले १२ जना सांसदलाई स्पष्टीकरण सोधेको र उनीहरुलाई के कारबाही गर्ने भन्ने बारेमा पनि निर्णय हुन सक्ने एमाले कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिनुभयो
लुम्बिनी प्रदेशको निर्वाचनका बारेमा समीक्षा हुने र १२ जनालाई के कारवाही गर्ने भन्ने बारेमा निर्णय हुन सक्ने तामाङले जानकारि दिनुभयो।
यसअघि एमाले संस्थापन पक्षले वरिष्ठ नेता माधव नेपाल, झलनाथ खनाल, उपाध्यक्ष भीम रावललगायत ११ जनालाई साधारण सदस्य समेत नरहने गरी कारबाही गरेको छ।