एमसिसी सम्झौताका लागि बजेट छुट्याउनु राष्ट्रघाती चिन्तन : भीम रावल

काठमाडौं : नेकपा एमालेका नेता भीम रावलले अमेरिकी परियोजना एमसिसीका लागि सरकारले बजेट छुट्याएको प्रति असन्तुष्टि जनाएका छन्।

देशको स्वाधीनता, स्वतन्त्रता, स्वाभिमान र हितविपरीत परियोजना संसदबाट पास हुनुअघि नै बजेट छुट्याएको प्रति असन्तुष्टि जनाएका हुन्।

उनले ट्विटमा लेखेका छन्, ‘नेपालको स्वाधीनता, स्वतन्त्रता, स्वाभिमान र हितमा आघात पार्ने र संसदबाट अनुमोदन नै नभएको एमसीसीसंगको सम्झौता कार्यान्वयनका लागि प्रमं केपी नेतृत्वको सरकारले बजेट छुट्याउनु राष्ट्रघाती चिन्तन र व्यवहारकै परिणाम हो। यस्तो लम्पसारवादी कुकार्यको देशभक्त नेपालीहरूले विरोध गरौं।‘

प्रधानमन्त्री ओलीको लम्पसारवादी कुकार्यको देशभक्त नेपालीहरूले विरोध गर्न आग्रह गरेका छन्।

विवादास्पद एमसिसी प्रधानमन्त्रीले संसदबाट पास गराएर कार्यान्वयन गराउने पक्षमा थिए। तर, पार्टीभित्रबाटै एमसिसीको विपक्षमा उभिएपछि ओलीले अगाडि बढाउन सकेका थिएनन्।