जेठ १ यता अपलोड भएका विज्ञप्ति हराएपछि राष्ट्रपति कार्यालयले थाल्यो अनुसन्धान

राष्ट्रपति कार्यालयको वेबसाइटमा जेठ महिनामा अपलोड भएका विज्ञप्तिहरू अचानक हराएपछि अनुसन्धान थालिएको छ।

राष्ट्रपति कार्यालयको वेबसाइट मा अपलोड भएका प्रतिनिधि सभा विघटन र नयाँ निर्वाचनको मिति तोकिएकोबारे लगायतका विज्ञप्ति हराएका हुन्।

वेबसाइटमा शनिबार राति १स् ४८ अपलोड भएको प्रतिनिधि सभा विघटन गरी अर्को प्रतिनिधि सभाको मिति तोकेको र त्यही रात ११स्३८ मा अपलोड भएको प्रधानमन्त्री नियुक्ति सम्बन्धको विज्ञप्ति पनि हराएपछि यसबारे आमो चासो बढेको छ।

उक्त वेबसाइटमा शुक्रबार दिउँसो ३ बजेर ३४ मिनेटमा रिक्त मन्त्रालयको जिम्मेवारी प्रधानमन्त्रीलाई तोकेको सूचना अपलोड भएको थियो। बिहीबार पनि वेबसाइटमा दुइटा सूचना अपलोड भएका थिए।

यी सबै सूचनाहरू अहिले हराएपछि अनुसन्धान थालिएको राष्ट्रपति कार्यालयका प्रवक्ता सहसचिव रूपनारायण भट्टराईले जानकारी दिए।

जेठमा राखेका सबै सूचना हराएका छन्। हामीले वेबसाइट डेभ्लपर्सलाई नै हेर्न भनेका छौं उनले सेतोपाटीसँग भने जानी-जानी हटाएको होइन।’

#setopati