ओलीलाई गगनको जवाफ : राष्ट्रपतिलाई तिमी भनेकोमा चित्त दुखेछ,बिचरा !

काठमान्डाै‍- नेपाली काँग्रेसका नेता गगन थापाले गणतन्त्रमा सम्मान दर्जाले नभइ कामले आर्जन प्रधानमन्त्री ओलीलाई जवाफ दिएका छन् । बालुवाटारमा शनिबार आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले प्रमुख विपक्षी दल कांग्रेस सभापति शेरबहादुर देउवाले राष्ट्रपतिलाई ‘तिमी’ भनेको भन्दै आपत्ति जनाएका थिए ।

सम्माननीय राष्ट्रपतिुबाट तपाईं हुँदै तिमीमा कसले ओरालेको भन्ने ओलीलाई थापाको प्रश्न छ ।

त्यसको जवाफमा थापाले शनिबार साँझ ट्वीट गर्दै आफ्नै कर्म र प्रवृत्तिले विद्या भण्डारीलाई सम्मानको शिखरमा अडिन नसकेर ओरालेको बताए ।