मेरो राजनीतिक जीवन कै सबैभन्दा कठिन दिन आज :नेकपा एमालेका नेता भट्टराई

काठमाडौं – नेकपा एमालेका नेता योगेश भट्टराईले आफ्नो राजनीतिक जीवनकै कठिन दिन आज भएको बताउनुभएको छ।

एमाले माधव पक्षका २६ सांसदले विपक्षी गठबन्धन नेता शेरबहादुर देउवाको पक्षमा हस्ताक्षर गरेपनि भट्टराईले भने गर्नुभएको थिएन

भट्टराईले सामाजिक सञ्जाल फेसबुकमा भन्नुभएको छ।, ‘मेरो राजनीतिक जीवन कै सबैभन्दा कठिन दिन आज । नेकपा एमालेको एकतालाई जोगाउन सकिन्छ कि भन्ने आशाले मैले आजको निर्णय लिएको हुँ । सहि गरेंकी, गलत गरें इतिहासको कठोर मूल्याङ्कनमा खडा छु ।’
एमाले एकता जोगाउन उहाँले देउवालाई प्रधानमन्त्री बनाउन हस्ताक्षर नगरेको बताउनुभएको थियो। ।