राष्ट्रियसभा उपनिर्वाचनको मतगणना सुरू

हेटौंडा –  बागमती प्रदेशबाट राष्ट्रियसभा सदस्यमा रिक्त एक पदका लागि भएको उप-निर्वाचनको मतगणना सुरु भएको छ।

प्रदेश राजधानी हेटौंडाको भुटनदेवी माविमा भएको मतदान सकिएपछि निर्वाचन अधिकृतको कार्यालयमा मतगणना सुरु गरिएको हो।

विहान ९ बजेदेखि दिउँसो ३ बजेसम्म भएको मतदानमा ३ सय ३८ मत खसेको थियो ।

प्रदेश सांसद १ सय ५ र स्थानीय तहका प्रमुख–उपप्रमुख गरी २ सय ३३ जनाले मतदान गरेका थिए।

#thahakhabar