किसानलाई रासायनिक मल तत्काल उपलब्ध गराउन नेकपा बाँकेको माग

 नेपालगञ्ज – नेकपा बाँकेले किसानलाई रासायनिक मल तत्काल उपलब्ध गराउन माग गरेको छ । पार्टी अध्यक्ष आईपी खरेलको अध्यक्षतामा बिहिवार बसेको बैठकले आम किसान मल अभावमा छट्पटाईरहेको भन्दै तत्काल मल उपलब्ध गराउन माग गरेको हो । बैठकपछि प्रचार विभाग प्रमुख प्रमोद धितालले दिएकाे जानकारी अनुसार बैठकले एकल महिला भत्ता र निलो कार्ड प्राप्त अपांगता भएका ब्यक्तिलाई सामाजिक सुरक्षा भत्ता निरन्तरता दिन बैठकले माग गरेको छ । बैठकले बाँकेमा रहेका सम्पूर्ण नेता कार्यकर्तालाई पार्टी एकता विरुद्ध आप्mना अभिव्यक्ति नदिन र नगर्ने संकल्प गर्दै पार्टी एकताका पक्षमा दृढतापुर्वक उभिन अपिल गरेको छ । बैठकमा केन्द्रीय सदस्य मो. हारुन, महेश्वर गहतराज लगायतको उपस्थिती थियो । बैठकमा पार्टीका प्रदेश कमिटीका सदस्यहरुको समेत उपस्थिती रहेको प्रचार विभाग प्रमुख धितालले बताए ।