हावामा १० मिटरसम्म फैलन सक्छ कोरोना

काठमाडौं – कोरोना संक्रमित व्यक्तिको एयरोसोल १० मिटरको दूरीसम्म फैलिनसक्छ । जबकी ड्रपलेट्स ९थुक, खकार आदी मुखबाट निस्कने बाछिटा० २ मिटरसम्म जान्छ । भारत सरकारले बिहीबार नयाँ एडभाइजरी जारी गर्दै कोरोनाबाट बाँच्नका जनतालाई उक्त सल्लाह दिएको हो । निर्देशिकामा कोरोनाका लक्षण नदेखिएका मानिसले पनि संक्रमण फैलाउनसक्ने उल्लेख छ ।

भेन्टिलेसन राम्रो भए संक्रमण फैलने खतरा कम

भारत सरकारका तर्फबाट ‘स्टप द ट्रान्समिसन, क्रस द पेन्डेमिक’ नाममा जारी गरिएको दस्तावेजमा भेन्टिलेशनको महत्वबारे जोड दिइएको छ । जुन स्थानमा भेन्टिलेशनको राम्रो सुविधा छ, त्यहाँ एक संक्रमितबाट दोस्रोमा संक्रमण फैलने खतरा कम रहने दस्तावजमा उल्लेख छ । त्यस्तै, ढोका र झ्याल बन्द राखेर एसी चलाउँदा कोठाभित्रको संक्रमित हावा एकट्ठा हुने र अन्य व्यक्ति पनि संक्रमित हुने खतरा बढ्ने उल्लेख छ ।

संक्रमित व्यक्तिको नाकबाट ड्रपलेट्स र एयरोसोलका रुपमा निस्कने र्याल नै संक्रमण फैलनुको प्राथमिक कारण रहेको यसमा उल्लेख छ । तर, बाहिरको हावा भित्र आइरहेको छ भने संक्रमणको खतरा कम हुने पनि उल्लेख छ ।
अलग–अलग सतहमा लामो समयसम्म संक्रमितको ड्रपलेट्स रहिरहने पनि भारत सरकारले जारी गरेको दस्तावेजमा उल्लेख छ । त्यसै कारण ढोकामा ह्यान्डल, लाइटबाट स्विच, टेबुल–कुर्सीलगायतलाई ब्लीच र फिनेलजस्ता किटाणु नाशकले सफा गर्न आग्रह गरिएको छ ।

डबल लेयरको मास्क लगाउन आग्रह
मानिसहरुले डबल लेयर या एन ९५ मास्क लगाउनुपर्ने पनि भारत सरकारले जनाएको छ । डबल मास्क लगाउने हो भने पहिले सर्जिकल मास्क र त्यसमाथि टाइट फिटिङ कपडाको मस्का लगाउन सल्लाह दिइएको छ ।

सर्जिकल मास्क छैन भने कटनका दुईवटा मास्क लगाउन सल्लाह दिइएको छ । सर्जिकल मास्कको प्रयोग एकपटक मात्रै गर्ने गरिन्छ । तर यदि त्यसमाथि कपडाको मास्क लगाइएको छ अर्थात् डबल मास्क लगाइएको छ भने पाँचपटकसम्म यस मास्कको प्रयोग गर्न सकिन्छ । हरेक पटक प्रयोग गरिसकेपछि यसलाई ७ दिन सम्मका लागि सुख्खा स्थानमा घामको प्रकाशमा सुकाउनुपर्छ ।

स्वास्थ्यकर्मीको परीक्षणमा ध्यान जाओस्

एडभाइजरीमा भनिएको छ– ‘तपाईको इलाकामा रहेका मानिसहरुलाई ¥यापिड एन्टिजेन परीक्षण गराउनुस् । स्वास्थकर्मीहरुलाई र्यापिड एन्टिजिन परीक्षण गराउने प्रशिक्षण अवश्य दिनुपर्छ । यी स्वास्थकर्मीलाई सर्टिफाइड एन ९५ मास्क उपलब्ध गराउनुपर्छ, चाहे उनीहरुले खोप लिएकै किन नहोस् । उनीहरुलाई अक्सिमिटर पनि दिनुपर्छ, ताकि उनीहरुले संक्रमित व्यक्तिको अक्सिजनको स्तर पत्ता लगाउन सकुन्।

एयरोसोल र ड्रपलेट्सबीच फरक के छ ?

एयरोसोल ड्रपलेट्स हुन्छ र ड्रपलेट्स एयरोसोल । आकारबाहेक यी दुईमा अन्य केही फरक छैन । वैज्ञानिकहरुले पाँच माइक्रोनभन्दा कम आकारको ड्रपलेट्सलाई एयरोसोल भन्छन् । यसलाई तपाई यसरी संझन सक्नुहुन्छ– रेड ब्लक सेलको एक सेलको डायमिटर पाँच माइक्रोन हुन्छ । जबकि मानिसको एक रौं को चौडाई ५० माइक्रोन हुन्छ ।