काठमाडौं – स्पेनले नेपाललाई कोभिड(१९ प्रतिरोधी स्वास्थ्य सामाग्री सहयोग गर्ने भएको छ। स्पेनस्थित एजेन्सी फर इन्टरनेसनल डेभलपमेन्ट कर्पोरेसनमार्फत उक्त सामाग्री नेपाललाई प्रदान गरिने छ।
स्वास्थ्य सामाग्री बोकेको चार्टड फ्लाइट म्याड्रिडबाट काठमाडौंका लागि उडिसकेको र आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आइपुग्ने बताइएको छ। करिब १४ करोड नेपाली रुपैयाँ९एक मिलियन युरो०बराबरको स्वास्थ्य सामग्रीमा १५ वटा रेस्पिरेटर, १० वटा अक्सिजन कन्सन्ट्रेटर, एक लाख ४४ हजार फेस मास्क र एक लाख २५ हजार एन्टिजेन टेस्ट कीट रहेको बताइएको छ। उक्त सहयोग सामाग्री स्पेनको स्वास्थ्य मन्त्रालयले नेपालका लागि प्रदान गरिएको र कर्पोरेसनका निर्देशक म्याग्डी सोलीमानले विमानस्थलमा नेपाली प्रतिनिधिलाई हस्तान्तर गर्नेछन्।