घरमै आइसोलेशनमा बसेका कोरोना सङ्क्रमितले परामर्शको लागि कसलाई सम्पर्क गर्ने ?

काठमाडौं – देशभर एक लाखभन्दा धेरै कोरोना सङ्क्रमित घरमै छन् । सरकारले सामान्य लक्षण भएकालाई घरमै आइसोलेशनमा बस्न आग्रह गर्दै आएको छ । गम्भीर अवस्थाका मात्रै अस्पतालमा उपचार गराइरहेका छन् ।

अस्पतालमा पनि बेड र अक्सिजन नपाइने भएकाले पनि धेरै सङ्क्रमितले घरमै सुरक्षित ठानेका छन् । सरकारले घरको आइसोलेशनमा बस्दा बेलाबेला डाक्टरसँग परामर्श गर्न, डाक्टरको परामर्शको आधारमा औषधि सेवन गर्न र श्वासप्रश्वासमा समस्या भएमा तत्काल नजिकको अस्पतालमा जान आग्रह गर्दै आएको छ ।

सङ्क्रमितको सङ्ख्या थपिंदै जाँदा सरकारले परामर्श गर्ने डाक्टरहरुको सूची पनि थपेको छ । स्वास्थ्य मन्त्रालय र नेपाल मेडिकल काउन्सिलले होम आइसोलेशनमा बसेका सङ्क्रमितलाई आवश्यक परामर्शको लागि व्यवस्था गरेका डाक्टरहरुको सूची हेर्नुहोस्

#उज्यालो अनलाइन्