पार्टी एकता हुन फेरि जरुरी छ : जनार्दन शर्मा


सुर्खेत -पूर्वमन्त्री तथा नेकपा माओवादी केन्द्रका प्रभावशाली नेता जनार्दन शर्माले पार्टी फेरि एकता हुनुपर्नेमा जोड दिनुभएको छ।
कम्युनिस्ट आन्दोलनलाई एकताबद्ध गरेर देशलाई आत्मनिर्भर अर्थतन्त्र र आर्थिक समृद्धि हासिल गर्दै सामाजिक न्याय स्थापनाका लागि राजनैतिक स्थिरता कायम गर्नुपर्नेमा शर्माको जोड छ ।

कानुन, विधि र पद्धतिलाई अस्विकार गर्ने प्रवृत्ति, प्रतिक्रान्तिकारी शक्ति सन्तुलन र भूराजनीतिक प्रभावका कारण विगतमा पार्टी एकता सफल हुन नसकेको समेत शर्माले बताउनुभएको छ ।
शर्माले  सोमबार राति सामाजिक सञ्जालमार्फत  लेख्नुभएको छ “नेपाली कम्युनिस्ट आन्दोलनलाई एकताबद्ध गरेर देशलाई आत्मनिर्भर अर्थतन्त्र र आर्थिक समृद्धि हासिल गर्दै सामाजिक न्याय स्थापनाका लागी राजनैतिक स्थिरता कायम गर्ने र राष्ट्रिय स्वाधीनताको सुदृढीकरण गर्ने उद्देश्यमा केन्द्रित थियोे’, ‘लाखौं जनताले अनुमोदन गरेको एकता,त्याग र बलिदान बाट प्राप्त उपलब्धि जनअधिकार,कानुन,विधि र पद्धतिलाई अस्विकार गर्ने प्रवृत्तिका कारण, प्रतिक्रान्तिकारी शक्ति सन्तुलन र भूराजनीतिक प्रभावका कारण सफल हुन सकेन ।’

यस्तै फेरि पनि देश र जनताको हितमा उठाएको एकताको झण्डालाई निरन्तरता दिनुपर्ने शर्माको जोड छ ।