कोरोना रोकथामकाे लागि सिद्धार्थ बैंकले १० लाख रुपैयाँ सहयोग गर्याे

सुर्खेत – सिद्धार्थ बैंकले कोरोना नियन्त्रण तथा रोकथामका लागि सहज होस भन्दै कर्णाली प्रदेश सरकारले स्थापना कोरोना विपद् व्यवस्थापन कोषमा दश लाख रुपैयाँ सहयोग गरेको छ ।
बुधबार मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई बैंकको म्यानेजर रञ्जन कोइराला लगायतको टोलीले दश लाख रुपैयाँको चेक हस्तान्तरण गरेका हो।

बैकले अघिल्लो बर्ष पनि विपद् व्यवस्थापन कोषमा १० लाख रुपैयाँ सहयोग गरेको थियो ।