आज विहानै अर्थमन्त्री नेपाल निवास पुगे ,ओलीले बोलाए स्थायी कमिटी बैठक

काठमाडौं – आज विहानै अर्थमन्त्री बिष्णु पौडेल ओलीको तर्फबाट वार्ता गर्न माधव नेपाल निवास पुग्नुभएको छ ।
नेपाललाई बुधवार राति अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा अ‍ोलीले टेलिफोनमा कुरा गर्न खोजे पनि माधव नेपालले फोन रिसिभ नगरेको स्रोतले जनाएको छ ।

माधव नेपाल पक्षमा राजीनामा दिने सांसदको संख्या अन्तिममा १६ जना पनि नपुग्ने अवस्था देखिएपछि नेपाल दवावमा पर्नूभएको छ। बिष्णु पौडेलसँगको वार्ताअघि बुधवार साँझ ओली निकट एक प्रभावशाली नेताले पनि नेपाल निवासमै गएर वार्ता गरेका थिए ।

यसैबीच अध्यक्ष ओलीले स्थायी कमिटीको बैठक अहिले ९ बजे बोलाउनुभएको छ । बालुवाटारमा बस्ने सो बैठकले माधव नेपाल पक्षका माग सम्बोधन गर्ने सबै अधिकार ओलीलाई दिने सम्भावना छ ।

आजै स्थायी कमिटी बैठकपछि ओलीले नेपालसँग वार्ता गर्ने सम्भावना रहेको एमाले स्रोतले जनाएको छ ।