सुर्खेत – मानवअधिकार तथा शान्ति समाज सुर्खेत शाखाले माता तिर्थ औशि (आमाको मुख हेर्ने दिन) काे अवसर पारेर कार्यक्रम सम्पन्न गरेको छ ।
आमा जननि हुन, आमा करुणाकी खानि हुन, आमा सृजना हुन् ,आमालाई सदा सम्मान गर्नुपर्छ, कुनै पनि आमाहरु बेघर हुन नपरोस भन्ने भावना जागृत गर्नका लागि कार्यक्रम आयोजना गरियको मानवअधिकार तथा शान्ति समाज सुर्खेत शाखाका सभापति प्रकाश शाहीले बतानउनु भयो ।
जुम मार्फत भएको कार्यक्रमको सभापतित्वमा प्रकाश शाही र प्रमुख वक्ता केन्द्रीय सचिव पुष्पा मल्ल हुनुहुन्थ्यो ।
कार्यक्रम संचालन भने धिरेन्द्र सापकोटाले गर्नु भयको थियो ।
कार्यक्रमकि प्रमुख वक्ता पुष्पा मल्लले आमाको मुख हेर्ने परम्परा ज्यादै महत्त्वपूर्ण रहेको र यसलाई पर्वका रुपमा मनाउनु पर्नेमा जोड दिनु भएको छ ।
यस्तैआधुनिकताका नाममा आमालई सामजिक संजालमा मात्र सम्झिने नभई भौतिक रुपमा नै आमाको सेवामा लाग्नु सवैभन्दा ठुलो सेवा र आमा नै सबैभन्दा ठुलो तिर्थ रहेको कुरा मल्लले बताउनु भयो ।
कार्यक्रममा मानवअधिकार तथा शान्ति समाज सुर्खेत शाखाका संस्थापक सभापति गोविन्द कोईराला प्याब्सन कर्णाली प्रदेशका अध्यक्ष नैन सिङ खत्रि लगायतले आफ्नो धारणा राख्नु भयको थियो ।