कर्णालीमा २६१ कोरोना संक्रमित थपिँदा १६८ डिस्चार्ज

सुर्खेत – कर्णाली प्रदेशमा पछिल्लो २४ घण्टामा थप २६१ जना कोरोना संक्रमित थपिएका छन् । आरटी पीसीआर परीक्षणमा २६१ र एन्टीजेन विधिबाट गरिएको परीक्षणमा २८७ जनामा कोरोना संक्रमित थपिएक हुन् ।

पछिल्लो २४ घण्टामा कोरोना संक्रमण जितेर घर फर्कनेको संख्या १६८ जना रहेको स्वास्थ्य सेवा निर्देशनालय सुर्खेतले जनाएको छ । २४ घण्टामा आइसोलेशनमा थप ३८७ जना संक्रमित थपिएको पनि निर्देशनालयको भनाई छ । पछिल्लो २४ घण्टामा थप पाँच जनाको मृत्यु भएसँगै कर्णालीमा हालसम्म ९५ जनाको मृत्यु भएको छ । कर्णालीमा हाल संक्रिय संक्रमितको संख्या चार हजार ९६ छन् ।

 

nepaliraibar