ओपो एफ १९ प्रोकोको विषेशता यस्तो छ ,मुल्य यति

ओपोले नेपालका लागि आफ्नो फ्ल्यागसिप मोडल ओपो एफ १९ प्रोका साथमा ओपो ब्यान्ड स्टाइल र ओपो एफ १९ सार्वजनिक गरेको छ

८ जीबी याम र १२८ जीबी सञ्चय क्षमताका साथमा उपलब्ध गरिएको ओपो एफ १९ प्रोको मूल्य नेपालमा ४४ हजार ९ सय ९० तोकिएको छ । कम्पनीले स्मार्टफोन फ्यान्ट्यास्टिक पर्पल र फ्ल्युइड ब्ल्याक गरी दुई आकर्षक रंगमा उपलब्ध गराएको छ ।

ओपो एफ १९ प्रोमा ६।४३ इन्च पन्च ९होल एमोलेड डिस्प्ले रहेको छ । साथमा सेल्फीका लागि फ्रन्ट फेसिङ क्यामेरा ३२ एमपी को छ भने ब्याक प्यानलमा ४८ एमपी क्वाड क्यामेरासहित चारवटा क्यामेरा सेन्सर रहेको छ ।
। तिनमा ४८ एमपीको प्राइमरी क्यामेरा, ८ एमपी अल्ट्रा वाइट, २ एमपीमाक्रो र २ एमपिमोनो क्यामेरा रहेका छन् । अल्ट्रा स्लिम डिजाइनका लागि पनि एफ सिरिज परिचित छ । एफ १९ प्रोमा पनि कम्पनीले यसलाई प्राथमिकताका साथ निरन्तरता दिएको छ । थ्रीडी कभर्ड ब्याट्री र ७।८ एमएम अल्ट्रा स्लिम बडीसहितको यो फोनको वजन जम्मा १ सय ७२ ग्राम मात्र रहेको छ ।

एप स्टार्टअप टाइममा तीव्रताका साथै थप प्रतिक्रियात्मक अनस्क्रिन टच र न्यून ल्यागका लागि एफ १९ प्रोमा २.२ जीएचजेडसम्म सञ्चालन हुने २ एआरएम कोरटेक्स ए ७५ प्राइम कोर्स र २.० जीएचजेडसम्म क्षमताका साथ सञ्चालन हुने ६ एआरएम कोरटेक्सए ५५ सहितको शक्तिशाली मिडियाटेक हेलियो पी ९५ ओक्टाकोर प्रोसेसरको प्रयोग गरिएको छ । त्यसैगरी, फोनको प्रदर्शनीमा अझ उत्कृष्टता दिने सोचक साथ यसमा ३० वाट भोक फ्ल्यासचार्ज ४.० प्रविधि सुसज्जित ४ हजार ३१० एमएएच क्षमताको ब्याट्री जडान गरिएको छ ।
साथै, दै फोनमा इन ९ डिस्प्ले फिंगरप्रिन्ट स्क्यानर र माेबाइल अनलककाे लागि फेस अनलक प्रविधि पनि उपलब्ध गरिएको छ ।

ओपो एफ १९ प्रोमा कलर ओएस ११ सञ्चालन प्रणालीको व्यवस्था गरिएको छ