संवैधानिक परिषद्का अध्यक्ष एव प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार संवैधानिक परिषद्को बैठक बोलाएका छन् ।
राष्ट्रपति विद्यादेवी भण्डारीले तीन दिन अगाडि मात्रै परिषद्सम्बन्धी अध्यादेश जारी गरेकी थिइन् ।
परिषद् सचिवालयले प्रधानमन्त्रीले आइतबार बैठक बोलाएको जानकारी सभामुख, राष्ट्रियसभा अध्यक्ष, प्रधानन्यायाधीश र प्रमुख विपक्षी दलका नेतालाई दिइएको छ ।
तर सभामुख अग्निप्रसाद सापकोटा भने नजाने भएका छन् ।