२४ घण्टामा नेपालमा ९ हजार १ सय ९६ जनामा कोरोना संक्रमण

पछिल्लो २४ घण्टामा नेपालमा थप  ९ हजार १ सय ९६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १९ हजार ९ सय ८७ जनाको पिसिआर परीक्षण गर्दा ९ हजार ३२ र ४ सय ९५ जनाको एन्टिजेन परीक्षण गर्दा १ सय ७३ जना गरी जम्मा ९ हजार १ सय ९६ जनामा संक्रमण पुष्टि भएको हो ।

यस्तै २४ घण्टामा कोरोनाबाट मृत्यु हुनेको संख्या ५० जना पुगेको मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार नेपालमा हालसम्म सक्रिय संक्रमितको संख्या ७८ हजार ६ सय २९ जना पुगेको छ । जसमध्ये ५ हजार ८ सय ६० जना संस्थागत आइसोलेसनमा र ७२ हजार ७ सय ६९ जना होम आइसोलेसनमा रहेका छन ।