प्रतिनिधीसभाका १४ जना सांसदमा कोरोना संक्रमण पुष्टि

 काठमाडौं- प्रतिनिधीसभामा १ सय २६ जना सांसदको कोरोना परीक्षण गरिएकोमा १४ जनामा संक्रमण पुष्टि भएको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा ९इडिसिडी०काअनुसार १४ जना सांसदमा कोरोना संक्रमण पोजेटिभ देखिएको हो ।

बुधबार १ सय २८ जना सांसदसहित संसद सचिवालयका कर्मचारी, मर्यादापालक, सुरक्षाकर्मी र सञ्चारकर्मी गरी ६०९ जनाको स्वाब संकलन गरिएको थियो । उक्त स्वाबहरु परीक्षण गर्दा १४ जना सांसदमा कोरोना देखिएको हो ।

अब ६१ जना प्रतिनिधीसभा सदस्यको कोरोना परीक्षण बाँकी छ । तीन मन्त्रीलाई यसअघि नै कोरोना संक्रमण देखिएको छ भने एमाले नेता झलनाथ खनाललाई पनि संक्रमण पुष्टि भएर उपचाररत छन् । २७ बैशाखमा तोकिएको संसद बैठकपूर्व सांसदहरुको कोरोना संक्रमण परीक्षण गरिएको हो ।