कोरोनाका कारण संसद सचिवालयमा कार्यरत उपसचिव कृष्णराज खनालको मृत्यु

काठमाडौं – कोरोना भाइरस संक्रमणबाट संघीय संसद सचिवालयमा कार्यरत उपसचिव कृष्णराज खनालको मृत्यु भएको छ।

संसद सचिवालयका प्रवक्ता डा।रोजनाथ पाण्डेले केही दिन अघि स्वाब दिएका उपसचिव खनालमा कोरोना पोजेटिभ देखिएको पुष्टि गरे । उनले भने,‘रिपोर्ट पोजेटिभ आएको थियो, उहाँ विरामी नै हुनुहुन्थ्यो, शारीरिक रुपमा केही कमजोर पनि हुनुहुन्थ्यो अहिले मृत्यु भएको खबर आयो ।’

चन्द्रागिरी नगरपालिका –१२ निवासी खनाल होम आइसोलेसनमा रहेकै बेला उनमा एक्कसी स्वास्थ्यमा समस्या आएको र कलंकीस्थित शहिद ममोरियल अस्पताल लैजाँदै गर्दा मृत्यु भएको प्रवक्ता पाडेले जानकारी दिए ।

ढिलोगरी आएको एम्बुलेन्समा अक्सिजन नभएको कारण उपसचिव खनालको बाटोमै मृत्यु भएको बताइएको छ । खनाल कानुनतर्फका उपसचिव हुन् ।

बैशाख २७ गते बस्न लागेको प्रतिनिधिसभाको बैठकअघि बुधबार सांसदलगायत कर्मचारीहरुको स्वाब संकलन गरेर पीसीआर परीक्षण गरिएको थियो।

 

hamrakura