प्रतिनिधिसभाका ४ सांसदलाई कोरोना पोजेटिभ 

काठमाडौं – प्रतिनिधिसभाका ४ सांसदलाई कोरोना  संक्रमण देखिएको छ ।

आउँदो वैशाख २७ गते बस्न लागेको प्रतिनिधिसभाको बैठकअघि बुधबार स्वाब संकलन गरेर पीसीआर परीक्षण गर्दा ४ जना सांसदमा कोरोना संक्रमण पुष्टि भएको संसद सचिवालयले जनाएको छ

कोरोना पोजेटिभ देखिनेहरुमा जनता समाजवादी पार्टी जसपा का तीन सांसद लक्ष्मणलाल कर्ण, नरमाया ढकाल, रामबाबु यादव र कांग्रेसकी एक सांसद पार्वती डिसी रहेको संसद सचिवालय स्वास्थ्य शाखाले जनाएको छ ।
बुधबार १२८ सांसद, कर्मचारी, पत्रकार, सुरक्षाकर्मी, मर्यादापालकसमेत ६०९ जनाको पीसीआर परीक्षण गरिएको थियो ।
अहिलेसम्म रिपोर्ट आएकामध्ये ६ जनामा संक्रमण देखिएको सभामुखको सचिवालयले जनाएको छ ।
बाँकी सबैको रिपोर्ट आउन बाँकी रहेको संसद् सचिवालयले जनाएको छ।

सचिवालयका अनुसार एक उपसचिव र एक जना सुब्बालाई पनि कोरोना पोजेटिभ देखिएको छ।

यस्तै सभामुख र सभामुखको सचिवालयका सबै कर्मचारीको रिपोर्ट नेगेटिभ आएको सचिवालयले जनाएको छ।