लकडाउनका कारण समस्यामा परेका ३० जना नेपालीलाई समाजसेबि  बडेलाले गरे राहत बितरण

भारतको हैदराबादमा लकडाउनका कारण समस्यामा परेका ३० जना नेपालीलाई समाजसेबि  बम बहादुर बडेलाले राहत बितरण गर्नु भएको छ । बिश्वमा कोरोना कोभिड १९ ले महामारी को रुप लिइरहेको अवस्थामा भारतमा बिगत एक महिना देखि लकडाउन दैरहदा भारतको हैदराबादमा दैनिक रुपमा मजदुरी गर्ने नेपालीहरु समस्यामा परेको अवस्थामा आफुले आफ्नो क्षमता अनुसारको राहत बितरण गरेर सहयोग गरेको अछाम जिल्ला मंगलसेन नगरपालिका १३ बस्ती साल्पाटा घर भई हाल भारतको हैदराबादमा बस्ने समाजसेवि बम बहादुर बडेलाले बताउनु भयो । राहतमा तिस जना नेपालीलाई ७ केजी चामल १ केजी दाल बितरण गरिएको राजेन्द्र बडेलाले जानकारी दिनु भएको छ ।