कोरोना सङ्क्रमितहरूलाइ सामान्य अवस्थामा घरकै एकान्तबास राम्रो

कोरोना भाइरस सङ्क्रमितहरू सामान्य अवस्थामा घरमै एकान्तबास होम आइसोलेसन बस्न उचित हुने र स्वास्थ्य अवस्था जटिल भएमात्र अस्पताल जानु उचित हुने सुझाव कतिपय चिकित्सकको छ ।

सङ्क्रमित होम आइसोलेसनमा सचेत भएर बस्दा तनावबाट केही हदसम्म भए पनि सहज हुने चिकित्सकहरूको सुझाव छ ।
पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानका निर्देशक तथा मानसिक रोग विशेषज्ञ प्राडा रवि शाक्य भन्नुहुन्छ, “कोरोना सङ्क्रमित व्यक्ति सहज भएको खण्डमा होम आइसोलेसन बसेमा तनाव कम हुन्छ तर स्वास्थ्यमा केही समस्या तथा आफूलाई असजिलो महसुस भयो भने तुरुन्त अस्पताल जानुपर्छ ।” अहिले कोरोनाको नयाँ स्वरूप पहिलेभन्दा फरक भएको अनुभव व्यक्त गर्दै उहाँले अक्सिजनको मात्रा ९२ भन्दा कम भयो भने सम्बन्धित स्वास्थ्यकर्मीसँग परामर्श लिने तथा अस्पतालमा आउन पनि अनुरोध गर्नुभयो ।

“असजिलो हुँदा अस्पतालमा आउँदा केही बिग्रँदैन तर आफूलाई स्वास्थ्यमा समस्या छैन । कोरोनाको साधारण लक्षण मात्र छ भने घरमा आइसोलेसन नै राम्रो हुन्छ ।

अस्पतालमा धेरै बिरामीको अवस्था देखेर मानसिक तनाव हुन्छ,” उहाँको सुझाव छ । उहाँका अनुसार शय्याको कमी अस्पतालमा छँदै छ तर धेरै बिरामीको अवस्था कठिन भएको देख्दा बिरामीको आत्मबलमा कमी आउँछ ।

“आज राम्रो भएको बिरामी भोलि सघन कक्ष ९आईसीयू०मा पुग्दा आफू पनि पुग्ने हो कि भन्ने चिन्ता त छँदै छ आफ्नो मान्छेसँग भेट नहुनुको पीडा थप हुन्छ । त्यसैले घरमा सही तरिकाले आइसोलेसनमा बस्दा राम्रो हुन्छ भन्ने सुझाव दिएको हुँ,” डा।शाक्यले प्रष्ट पार्नुभयो ।

#गोरखापत्र