हेटौंडा अस्पतालमा थप एकजना कोरोना संक्रमितको मृत्‍यु

 

हेटौंडा अस्पतालमा थप एकजना कोरोना संक्रमित महिलाको मृत्यु भएको छ ।

हेटौंडा-६ की ४१ वर्षीया महिलाको मृत्यु भएको हेटौंडा अस्पतालका कोभिड इन्चार्ज डा. सागर काफ्लले जानकारी दिए ।

छातिमा निमोनिया फैलिएको उनको अस्पतालमा उपचारका क्रममा मृत्यु भएको छ । योसँगै हेटौंडा अस्पतालमा मृत्यु हुने कोरोना संक्रमितको संख्या ४ पुगेको छ ।

यसअघि, हेटौंडाका ५५ वर्षीय पुरुष र बारा अमलेखगञ्‍जका ४६ वर्षीय एक पुरुष र महोत्तरी जलेश्वर घर भएकी ५० वर्षीया महिलाको उपचारको क्रममा मृत्यु भएको थियो ।

 

onlinekhabar

Leave a Reply

Your email address will not be published. Required fields are marked *