५५० जना पत्रकारलाई कोरोना सङ्क्रमण ,सातको निधन

नेपालमा कोरोना भाइरस कोभिड-१९ को सङ्क्रमण ५५० जना पत्रकारलाई देखिएको छ ।
सोमबार नेपाल पत्रकार महासङ्घका महासचिव रोशन पुरीले विज्ञप्ति निकाल्दै ५५० जना पत्रकारलाई कोरोना सङ्क्रमण देखिएको जानकारि दिनुभयो ।
उहाँले कोरोना सङ्क्रमण भई उपचारको आवश्यकता भएका पत्रकारका लागि निःशुल्क उपचारको प्रबन्ध मिलाउन सरकारसँग माग गर्नूभएको छ ।

सङ्क्रमितमध्ये २० पत्रकार अस्पतालमा उपचार र तीमध्ये दुई पत्रकारको सघन उपचार कक्षमा उपचार भइरहेको छ ।

संवेदनशील घडीमा अनेक कठिनाइ भए पनि कार्यस्थलमा खटिने पत्रकारलाई अझ बढी गम्भीर र सचेत रहन आग्रह गरिएको विज्ञप्तिमा भनिएको छ ।

यस्तै महासंघले कोरोना सङ्क्रमणको चुनौतीपूर्ण अवस्थामा कार्यस्थलमा खटिइरहेका पत्रकारका लागि सुलभ तरिकाले पिसिआर परीक्षणलगायत स्वास्थ्य र सुरक्षा सामग्री व्यवस्था गर्न सरकारसँग माग गरेको छ ।
सात पत्रकारको निधन भएको पनि महासचिव पुरीले जानकारि दिनुभयो।