प्रधानमन्त्री केपी शर्मा ओलीले मजदुर दिवसको शुभकामना व्यक्त गर्दै श्रमिकको पारिश्रमिक १५ हजार रुपैयाँ पुर्याइने बताउनुभएको छ।
यस्तै मजदुरको दैनिक पारिश्रमिक पनि ५ सय ७७ रुपैयाँ बनाइने पनि बताउनुभएको छ ।
उहाँले श्रमिक क्षेत्रको कानुनी विभेदलाई अन्त्य गरेको दाबी गर्दे श्रमिकको न्यूनतम पारिश्रमिक मासिक १३ हजार ४ सय ५० रुपैयाँबाट बढाएर आउँदो आर्थिक वर्षदेखि १५ हजार रुपैयाँ पुर्याउने बताउनुभएको हो ।
उहाँले वैदेशिक रोजगारीमा गएका नेपालीको सुरक्षाको लागि गन्तव्य देशसँग श्रम सम्झौता गरिएको र देशभित्रैका मजदुरको सुरक्षाको लागि सामाजिक सुरक्षा कोष, बेरोजगार भत्ता लगाएका व्यवस्था गरिएको पनि दाबी गर्नुभएको छ ।
#प्रधानमन्त्री ओली # श्रमिकको पारिश्रमिक