थप ७ जिल्लाले निषेधाज्ञा गर्ने ,देशभर निषेधाज्ञा गर्ने जिल्लाको संख्या २५ पुग्यो

कोरोना भाइरसको संक्रमण तीव्र गतिमा फैलिन थालेपछि शुक्रबार थप सात जिल्लाले निषेधाज्ञाको निर्णय गरेका छन्।

बिहीबार बेलुकासम्ममा १८ वटा जिल्लामा निषेधाज्ञा जारी गएिको थियो ।योसँगै देशभर निषेधाज्ञा गर्ने जिल्लाको संख्या २५ पुगेको गृहमन्त्रालयले जनाएको छ।

मन्त्रालयले शुक्रबार साँझ अप्डेट गरेको विवरण अनुसार जाजरकोट, रुकुमपश्चिम, डडेल्धुरा र झापामा जिल्लाभर निषेधाज्ञा लागु गर्ने निर्णय गरिएको छ। त्यसबाहेक गुल्मी र अछामले पनि निषेधाज्ञाको निर्णय गरेका छन्। यस्तै दार्चुलामा दुई वटा गाउँपालिकामा निषेधाज्ञा जारी गरिएको मन्त्रालयले जनाएको छ ।

गुल्मीमा शनिबार राति १२ बजेदेखि २५ गते राति १२ बजेसम्म निषेधाज्ञा जारी गर्ने निर्णय भएको छ भनेझापामा आइतबार रातिबाट लागू हुनेगरी एक साताका लागि निषेधाज्ञा जारी गरिएको छ।

यस्तै डडेल्धुरामा पनि बैशाख १९ गतेदेखि एक हप्ताका लागि निषेधाज्ञा जारी गरिने भएको छ भने जिल्ला प्रशासन कार्यालय अछामले पनि आइतबार देखि लागू हुने गरी निषेधाज्ञाको निर्णय गरेको छ।