एजेन्सी – नासाले पठाएको मार्स रोवर पर्सभरेन्स गत १८ फेब्रुअरीमा मंगल ग्रहको जेजेरो क्रेटरमा ओर्लिएको थियो । नासाले यस मंगल अभियानमा एउटा हेलीकोप्टर पनि पठाएको छ । अहिलेसम्म पृथ्वीबाहेक अन्य कुनै पनि खगोलीय पिण्डमा हेलीकोप्टर उडाइएको छैन । भोलि आइतबार नासाले मंगल ग्रहको आकाशमा हेलीकोप्टर उडाएर इतिहास रच्ने भएको छ ।
नासाले दिएको जानकारीअनुसार अमेरिकी समय बमोजिम यो उडान बिहान ३ बजेर ३० मिनेट ९भ्म्त् – भ्बकतभचल म्बथष्निजत त्ष्mभ ९त्ष्mभ श्यलभ ब्ददचभखष्बतष्यल० अथवा १२ बजेर ३० मिनेट एम्त् ९एबअषष्अ म्बथष्निजत त्ष्mभ० मा हुनेछ ।
नासाले यसको लाइभ स्ट्रीमिंग गर्नेछ । यसको प्रत्यक्ष प्रसारण नासाको वेबसाइट, नासा एप र आफ्नो टीभीमार्फत् हुनेछ । यसका साथै नासाको यूट्यूब च्यानल र जेट प्रोपल्शन लेबोरेटरी ९व्एी ० को फेसबुक पेजबाट पनि यसको प्रत्यक्ष प्रसारण हेर्न सकिन्छ ।
उडान सम्बन्धी प्रारम्भिक अभ्यासका क्रममा नासाले यस हेलीकोप्टर इनजेन्युटी ९ क्ष्लनभलगष्तथ ० को अन्तिम परीक्षाण सुरू गरेको छ । हेलीकोप्टरको रोटरलाई घुमाएर परीक्षण गरिएको छ । विस्तारै रोटरको गति बढाएर नासाले थप परीक्षण गर्ने जनाएको छ । नासाले ट्वीटमार्फत् दिएको जानकारीअनुसार रोटरलाई ५० आरपीएम ९ राउन्ड पर मिनेट ० सम्म परीक्षण गरिएको छ ।
हेलीकोप्टर इनजेन्युटी अहिले मार्स रोभर परसिवरेन्सबाट झण्डै ६० मीटरको दूरीमा उभिएको छ । परसिवरेन्सले ट्वीट गर्दै भनेको छ ( म हेलीकोप्टरबाट झण्डै ६० मीटर टाढा छु, यसै दूरीबाट म यसको उडान हेर्ने छु । म आफ्ना क्यामेराबाट यस उडानको रेकर्डिङ गर्छु । तपाईंहरु हेलीकोप्टर उडानको दृश्य मेरा नेभिगेशन क्यामेराबाट हेर्न सक्नुहुन्छ ।
नासाले यस हेलीकोप्टर उडान विषयक प्रश्नोत्तर कार्यक्रम पनि गर्ने जनाएको छ । कसैले पनि यस सम्बन्धी आफ्ना जिज्ञासा नासासँग सोध्न सक्छ । नासाका यस अभियान सम्बन्धी विशेषज्ञले प्रश्नका जबाफ दिने छन् ।
नेपालबाट राति एक बजेतिर यो प्रत्यक्ष प्रसारण हेर्न सकिन्छ ।
स्रोतस् स्पेस डट कम्स