काठमाडौँ – वैशाख ६ र ७ गते देशभर राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रम सञ्चालन हुने भएको छ। सरकारले दोस्रो चरण अन्तरर्गतको राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रम सञ्चालन गर्न लागेको हो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिहिबार सामान्य प्रशासन मन्त्रालयलाई पत्रचार गरी संचालान हुन् लागेको भिटामिन ‘ए’ कार्यक्रमको सहजीकरणका लागि प्रदेश, मन्त्रालयरस्थानीय तहहरुसँग समन्वय गर्न अनुरोध गरेको छ । यसको साथै उक्त अभियान सम्बन्धि अन्य व्यहोरा स्वास्थ्य सेवा विभागको पत्रहरुबाट सुचित गराउने समेत बताइएको छ ।
यस अभियानमा ६ देखि ५९ महिनाका बालबालिकालाई भिटामिन ए क्याप्सुल प्रदान गरिने र १ देखि ५ वर्षसम्मका बालबालिकालाई भने जुकाको औषधी दिइनेछ।