प्रतिपक्षीको धर्म निभाउने कांग्रेसको संकेत सराहनीय स् डा‍‍‍. भट्टराई

काठमाडौं – पूर्वप्रधानमन्त्री तथा जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष डा। बाबुराम भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा माग्दै आफ्नै नेतृत्त्वमा सरकार गठनको पहल गर्ने नेपाली कांग्रेसको निर्णयलाई सराहनीय कदम भनेका छन् । प्रतिपक्षी दलको धर्म निभाउने नेपाली कांग्रेसको संकेत स्वागतयोग्य भएको उनको भनाइ छ ।

“अन्ततः प्रमुख प्रतिपक्षी कांग्रेसको प्रतिपक्षीय धर्म निभाउने संकेत सराहनीय छ । अरू प्रतिपक्षी दलले पनि आफ्नो कर्तव्य नभुलौं,” आज ट्विटरमा उनले लेखेका छन्, “आआफ्ना दलका फरक एजेण्डा हुनन्छन् । तर, यी सबैभन्दा माथि देश, जनता र लोकतन्त्रको आवस्यकता हुन्छ ।”

उनले प्रधानमन्त्री केपी शर्मा ओलीलाई ‘भष्मासुर’को संज्ञा दिएका छन् ।