सम्भोग गर्न छाडेपछि स्वास्थ्यमा पर्ने असरहरु

सम्भोग प्रजनन र शारीरिक सन्तुष्टिसँग मात्र नभई स्वास्थ्यसँग पनि उत्तिकै सम्बन्धित रहेको छ । हुनत: प्रत्येक व्यक्तिले आफ्नो जीवनकालमा यसको अनुभव गरेका हुन्छन् । सम्भोग वा नियमित यौनसम्बन्धको फाइदाबारे त हामीले धेरै सुन्दै आएका छौ । तर, यौनसम्पर्क गर्न छोड्यो भने यसले व्यक्तिमा के–कस्ता परिवर्तन र असर देखा पर्छ ? भन्ने विषयमा हामी अधिकांश अज्ञात नै रहेका छौ ।

यस्ता छन् व्यक्तिले सम्भोग राख्न छोडेपछि देखिने परिणामहरुः
एन्जाइटीको समस्या,

 मुटुरोग सम्बन्धि समस्या,

स्मरण क्षमतामा हृास,

कमजोर प्रतिरोध क्षमता,

अस्वस्थ्यकर प्रोटेस्ट,

पार्टनरसँगको मनमुटावबाट तनाव,

उचित निन्द्राको अभाव,

पछि पुनः सम्भोग गर्दा विविध समस्याहरु देखिनु,

उच्च रक्तचापको समस्या,

यौन शारीरिक मात्र नभई एक मनोवैज्ञानिक पक्ष पनि हो । यससम्बन्धि विभिन्न अध्ययनहरु समेत भएका छन् ।  यसै विषयमा अध्ययन गरेका एक सामाजिक मनोवैज्ञानिक अमान्डा गेस्सेल्मन भन्छन्, ‘यौनबिना कुनै पनि जोडिबीचको सुमधुर सम्बन्धको परिकल्पना गर्न सकिदैन । अर्थात्, यौनसम्बन्ध स्थापित नभएको खण्डमा आफ्नो पार्टनरप्रतिको भावना स्वतः घट्दै जाने हुन्छ । र, यसको एक कारण भनेको मनोवैज्ञानिक पक्ष पनि हो । -एजेन्सी