काठमाडौंमा ५ सहित थप १०८ जनामा कोरोना संक्रमण 

काठमाडौं—काठमाडौंमा ५ सहित थप १०८ जनामा कोरोना भाइरस (कोभिड—१९) पोजेटिभ पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार पछिल्लो २४ घण्टामा १०८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । यससँगै नेपालमा कोरोना संक्रमितको संख्या १६ हजार ५ सय ३१ जना पुगेको छ । जसमध्ये एक्टीभ केसको संख्या ८ हजार ६ सय रहेको छ । नेपालमा पछिल्लो २४ घण्टामा कोरोना निको भएर डिस्चार्ज हुनेको संख्या १ सय ३९ जना रहेको छ । अहिलेसम्म नेपालमा ७ हजार ८ सय ९१ जना डिस्चार्ज भएका छन् ।