नेपाल प्रहरी पूर्व महानिरीक्षक एवं आईजीपी ठाकुरप्रसाद ज्ञवालीसहित दुई उच्च प्रहरीलाई बुधबार विदाइ गिरएकाे छ । पूर्व आईजीपी ज्ञवाली र ती दुई प्रहरीका उच्च अधिकृतले आ–आफ्नो आर्यकाल पूर्णरुपमा सफलता हासील गरेपछि आजबाट अवकाश पाउँने भएका हुन् । ३० वर्षे सेवा अवधिका कारण ज्ञवालीसहित उनका ब्याची प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) तारिणीप्रसाद लम्साल र प्रहरी नायब महानिरीक्षक (डीआईजी) सूर्यप्रसाद उपाध्यायले अवकाश पाएका हुन्। उनिहरुको ३० बर्से सेवा अवधि बुधबार मध्यराती १२ बजे पुरा हुँदैछ ।पूर्व आईजीपी ज्ञवालीको अवकाशपछि प्रहरीको नेतृत्व ०४९ सालमा प्रहरी निरीक्षकबाट सेवा प्रवेश गरेका अधिकृतको समूहका शैलेश थापा क्षेत्रीले गर्नेछन् । उनलाई आईजीपी बनाउन सरकारले मंगलबार नै निर्णय गरिसकेको छ । तीन उच्च प्रहरी सबै प्रशाद वाहुन रहेका छन् । तीन वटै प्रशाद वाहुन एकै पटक विदाई भएको ईतिहासमा पहिलो पटक हो ।
यसका साथै प्रहरी महानिरीक्षक ठाकुर प्रशाद ज्ञवालीको कार्यकाल कोरोनाको महामारीकै बीचमा सकिएको छ । यसरी कुनै प्रहरी महानिरीक्षककाे सम्पूर्ण कार्यकाल कुनै विपद, महामारीको अवधिमा सकिएको पनि यो पहिलो र ऐतिहासिक भएकाे बताइएकाे छ ।
ताजा खबर