४० वर्ष जेल जीवन भोगेर हालै घर आईपुग्नु भएका दुर्गाप्रसादले आज नागरिकता लिदै

 

४० वर्ष भारतको कोल्कोतामा जेल जीवन भोगेर हालै घर आईपुग्नु भएका दुर्गाप्रसाद तिम्सिना दिपकले विहीबार अर्थात आज जिल्ला प्रशासन कार्यालय इलामबाट नागरिकता लिने हुनु भएको छ ।
२०१७ साल साउन २० गते जन्मनु भएका तिम्सिनाको जन्म दर्ता र नागरिकता अहिले सम्म बनेको थिएन।
उहाँको उपचार को लागि र अन्य कामकाजको लागि पनि नागरिकता आवश्यक पर्ने भएपछि जिल्ला प्रशासन कार्यालय इलामको समन्वयमा नागरिकता बनाउन लागिएको हो ।
जन्मदर्ता समेत नभएका तिम्सिनाको वडा कार्यलयमा बिवरण राखी तीन जनाको नाता प्रमाणि र नागरिकताका लागि सिफारिस पत्र तयार पारिएको दर्गाप्रसादका भतिज गोपाल तिम्सिनाले जानकारी दिनुभयो ।

भाई प्रकाश चन्द्र शर्मा , भतिज गोपाल तिम्सिना र दुर्गा तिम्सिनाको नाता प्रमाणित गरिएको वडा कार्यालयले जनाएको छ ।

भारतमा जेल बस्दा उहाँ दिपक जैसी नामले चिनीनि हुन्थ्यो तर उहाँको नागरिकता भने दुर्गाप्रसाद तिम्सिनाकै नामबाट बनाउन लागिएको छ

दुर्गाप्रसादको उपचारमा लाग्ने खर्च सबै प्रदेश १ सरकारले ब्यर्होने भएपछि नागरिकता समेत आवश्यक पर्ने भएकाले नेपाली नागरिकताको प्रमाण पत्र दिएर अन्य प्रक्रिया शुरु गर्न लागिएको इलामका प्रमुख जिल्ला अधिकारी ध्रुवबहादुर खड्काले जानकारी दिनुभयो ।

उहाँको ‘प्रदेश सरकारको निर्देशन अनुसार नागरिकता बनाए पछि उहाँकै इच्छाएको अस्पतालमा उपचार गरिने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *