बाँकेमा सिमाना आवजावतमा राेक

बाँकेमा अत्यावश्यक कामबाहेक सामान्य किनमेलका लागि सीमापारि हुने आवतजावतमा रोक लगाइएको छ ।

जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्र बाँकेको बुधवार बसेको बैठकले जमुनाह नाकामा उच्च सावधानी अपनाउने तथा अत्यावश्यक कामबाहेक सामान्य किनमेलका लागि सीमापारि हुने आवतजावतमा रोक लगाउने निर्णय गरेको हो।

बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङका अनुसार सीमानाकाबाट आउनेहरुको आवागमनलाई व्यवस्थित गरेर दैनिक अभिलेख राखिने ले र नेपाल प्रवेश गर्ने सबै नागरिकहरुको अनिवार्य स्वास्थ्य परीक्षण गर्ने बताउनु भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *