स्कुल बस दुर्घटना हुँदा दुई जना विद्यार्थीको मृत्यु

दाङ तुलसीपुरमा बिहान स्कुल बस दुर्घटना हुँदा दुई जना विद्यार्थीको मृत्यु भएको छ ।

तुलसीपुरमा रहेको ज्ञानज्योति सेकेन्डरी स्कुलको रा १ क ४३३ नम्बरको बस पल्टियको हो ।
मृत्यु हनेमा कक्षा ११ मा पढ्ने विद्यार्थी तुलसीपुर १६ का अस्मिता डाँगी र किरण चौधरी रहेका छन ।

यस्तै दुर्घटनामा १५ जना विद्यार्थी घाइते भएका छन् । केही घाइते विद्यार्थी को तुलसीपुरको राप्ती प्रादेशिक अस्पताललगायतका स्वास्थ्य संस्थामा उपचार भइरहेको छ र केही विद्यार्थीको गम्भीर घाइते भएकाले थप उपचारका लागि बाँकेको नेपालगन्ज रेफर गर्ने तयारी भएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक शिवबहादुर सिंहले जानकारी दिनुभयो ।