तोकिएभन्दा बढी भार बोक्ने सवारी साधनलाई कारवाही गर्ने

तोकिएभन्दा बढी भार बोक्ने सवारी साधनलाई कारवाही गर्ने भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय अन्तर्गत यातायात व्यवस्था विभागले जनाएको छ।

सवारी साधनको भारवहन नियमन र नियन्त्रण गर्ने कार्ययोजना अनुसार चितवनको आपटारी र महोत्तरीको बर्दिवासमा तौलपुल निर्माण भई सञ्चालनमा आइएका विज्ञ्यप्ति मा उल्लेख गरिएको छ ।

चैत १५ गतेपछि सवारी साधनहरूले तोकिएभन्दा बढी भार बोकी सडकमा सञ्चालन गरेको पाइएमा सम्बन्धित स्थानमा नै सवारी साधनबाट सामग्री झारिने र यसबाट पर्ने नोक्सानीको जिम्मेवार व्यवसायी नै हुने विभागको भनाइ छ।