कर्णालीमा थप १८ जनामा कोरोना पुष्ठि

सुर्खेत – पछिल्लो २४ घण्टामा कर्णालीमा थप १८ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । कर्णाली प्रदेश सरकार सामाजिक विकास मन्त्रालयका अनुसार जुम्ला, सुर्खेत र जाजरकोटमा गरेर थप १८ जनामा कोरोना देखिएको हो । सामाजिक विकास मन्त्रालयल स्वास्थ्य सेवा महाशाखा प्रमुख डाक्टर लक्ष्मी नारायण तिवारीका अनुसार भेरी अस्पताल नेपालगंजमा गरिएको परिक्षणमा १७ जना र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परिक्षणमा १ जनामा कोरोना देखिएको हो । यो संगै कर्णालीमा हाल सम्म कुल संक्रमितको संख्या १५ सय १६ पुगेको छ । यसका साथै सोमबार मात्रै १६ जना उपचार पछि डिस्चार्ज भएका छन् । डिस्चार्ज हुनेमा पञ्चपुरी आईसोलेसन सेन्टर सुर्खेतका ७ जना, गुर्भाकोट आइसोलेसन सेन्टर सुर्खेतबाट ५ जना, प्रदेश अस्पताल सुर्खेतबाट ३ जना, बारेकोट आइसोलसन सेन्टर जाजरकोटबाट १ जना गरी १६ जना डिस्चार्ज भएका हुन । यो संगै कुल डिस्चार्ज हुनेको संख्या १२ सय ४७ पुगेको बताइएकाे छ ।