काठमाडौं—काठमाडौं उपत्यकामा ५४ जनासहित नेपालमा थप १८० जनामा कोरोना भाइरस (कोभिड—१९) पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार पछिल्लो २४ घण्टामा थप १८० जनामा कोरोना पुष्टि भएको हो । सोमबार काठमाडौंमा अहिलेसम्मकै सबैभन्दा बढी २४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यस्तै, ललितपुरमा २० जनामा कोरोना पुष्टि भएको छ ।
भक्तपुरमा भने १० जनामा कोरोना संक्रमण देखिएको हो । पछिल्लो २४ घण्टामा नेपालमा कोरोना निको भएर २६४ जना डिस्चार्ज छन् ।
अहिलेसम्म नेपालमा कोरोना जितेर डिस्चार्ज हुनेको संख्या ६ हजार ८ सय ११ जना पुगेको छ । २४ घण्टामा २५ प्रयोगशाला ४ हजार ७ सय २१ जनाको नमुना परीक्षण गरिएको छ ।