कर्णालीमा कोरोनामुक्त हुने संख्या १२ सय ३१ पुग्यो

कर्णाली प्रदेशमा गएको आइतबार थप ३० जना कोरोना संक्रमित उपचार पछि डिस्चार्ज भएका छन् । कर्णाली प्रदेश अस्पताल सुर्खेतबाट १३ जना, सल्यान अस्पतालबाट ५ जना, मेहलकुना अस्पताल सुर्खेतबाट ३ जना, गुर्वाकोट आइसोलेसन सुर्खेतबाट ३ जना र कालिकोट अस्प्तालबाट २ जना उपचार पछि डिस्चार्ज भएका हुन । योसँगै हालसम्म १ हजार २ सय ३१ जना डिस्चार्ज भएको प्रदेश सरकार सामाजिक विकास मन्त्रालय स्वास्थ्य सेवा महाशाखा प्रमुख डाक्टर लक्ष्मीनारायण तिवारीले जानकारी दिए ।
हाल प्रदेशका विभिन्न अस्पताल तथा आइसोलेसनमा २ सय ६१ जना उपचाररत रहेको डाक्टर तिवारीको भनाइ छ ।