संक्रमितको मृत्युदर कम नगेरेको भन्दै हाइड्रोक्सीक्लोरोक्वीन औषधी माथि डब्ल्यूएचओले लगायो रोक

विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले हाइड्रोक्सीक्लोरोक्वीन औषधीको परीक्षण रोकेको छ। संगठनले कोभिड-१९ संक्रमितलाई एकैपटक दिने मलेरियाको औषधि हाइड्रोक्सीक्लोरोक्वीन र एचआईभीको औषधिले संक्रमितको मृत्युदरलाई कम गर्न असफल रहेको कारण बताउँदै रोक लगाएको हो। संगठनले भन्यो, ‘एकैदिनमा पहिलोपटक विश्वभर २ लाख भन्दा बढी कोरोना विरामी पुग्दा संगठनलाई झट्का लागेको थियो। संक्रमितको मृत्यु डरको कम हुने गति निकै न्यून छ वा सो औषधिबाट काम नै भएको छ। संयुक्त राष्ट्र एजेन्सीका अनुसार परीक्षणको अन्तर्राष्ट्रीय संचालन समितिको सिफारिसमा सो फैसला लिएको हो। उक्त औषधी रोक्ने फैसलाले अन्य अध्ययनलाई प्रभावित नपार्ने एजेन्सीले प्रष्ट पारेको छ। -एजेन्सी