दाङको बबई गाउँपालिका ५ ट्वाङखोलाकी ११ वर्षीया बालिका सामूहिक बलात्कृत भएकी छन् ।
बालिकालाई सोही ठाउँका दुई किशोरले बलात्कार गरेको इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाकारी दिएको छ ।
ती किशोरहरुले कराएमा घाँटी काट्ने धम्की दिएर मंगलबार बेलुका छिमेकमा दही लिन जान लागेकी उनलाई सामूहिक बलात्कार गरेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रवक्ता प्रहरी निरीक्षक झलक शर्माले जानकारि दिनुभएको छ ।
बलात्कारका आरोपी हरु क्रमश १२ र १३ वर्षका रहका छन उनीलाई प्रहरीले नियन्त्रण लिएर अनुसन्धान थालेको छ ।
किशोरीको अत्यधिक रक्तश्रापका कारण लुम्बिनी प्रादेशीक अस्पताल तुलसीपुरमा उपचार भइरहेको छ