पेट्रोलियम पदार्थको मूल्य नेपाल आयल निगमले फेरि बढाएको छ । सोमवार राति १२ बजेदेखि लागू हुनेगरी निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको हो ।
निगमले हवाई इन्धनमा आन्तरिकतर्फ प्रतिलिटर ५ रुपैयाँ , डिजेल, पेट्रोल र मट्टितेलमा प्रतिलिटर २ रुपैयाँ, र हवाई इन्धनमा बाहृयतर्फ एक किलोलिटरमा २५ अमेरिकी डलरले मूल्य बढेको निगमले जनाएको छ ।
पेट्रोलको मूल्य प्रतिलिटर अब १ सय १६ रुपैयाँ, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ९९ रुपैयाँ र हवाई इन्धनतर्फ आन्तरिक प्रतिलिटर ७२ रुपैयाँ र अन्तर्राष्ट्रिय उडानतर्फ प्रतिलिटर ८ सय ९३ रुपैयाँ कायम भएको विज्ञप्तिमा उल्लेख गरिएको छ
यसअघि गएको फागुन ४ गते निगमले मूल्य बढाएको थियो ।