काठमाडौं – संसद् पुनस्र्थापना गर्ने सर्वोच्च अदालतको फैसलापछि प्रधानमन्त्री केपी ओलीले अब के गर्लान् ? यसबारे सबैलाई चासो छ । मंगलबार ७० औं जन्मदिन मनाएका ओलीले अदालतको फैसलापछि पनि आफ्ना पूर्वनिर्धारित कार्यक्रमहरुलाई भने निरन्तरता दिएका छन् । अदालतको फैसलापछि ओलीले मंगलबार ‘मेरा अनुभूतिहरु’ नामक पुस्तक विमोचन गरे । यो पुस्तक प्रधानमन्त्री ओलीकी पत्नी राधिका शाक्यले लेखेकी हुन् ।
बालुवाटार स्रोतले ओलीलाई जन्मदिनको शुभकामना दिने तथा पुस्तक विमोचन गर्ने कार्यक्रम पहिल्यै तय गरिएको र अदालतको फैसलाले त्यसमा प्रभाव नपारेको जनाएको छ । यद्यपी, बालुवाटार निकटकै एक व्यक्तिले अदालतको फैसलापछि ओलीले आगामी कदमबारे छलफलका लागि आफु निकटस्थहरुलाई बालुवाटार बोलाएका जनाएका छन् । राताेपाटी ।