७ दिनभित्र काेराेना विमितकाे विवरण पठाउनु : स्वास्थ्य मन्त्रालय

 काठमाडौँ – कोरोना बिमाको रकम प्रमाणीकरणको क्रममा प्रयोगशालाबाट प्राप्त विवरण मध्य केहि संक्रमण पुष्टि नभएको तथा परीक्षण मिति नमिलेको विवरण पाइएकोले तोकिएको ढाँचामा पठाउन स्वास्थ्य मन्त्रालयले अनुरोध गरेको छ।

मन्त्रालयले सोमबार सूचना जारी गरी कोभिड-१९ परीक्षण गर्न अनुमति पाएका प्रयोगशालाहरुलाई विमितहरुको विवरण तोकिएको ढाँचामा पठाउन अनुरोध गरेको हो। अबको ७ दिनभित्रमा तोकिएको ढाँचामा विवरण उपलब्ध नभएमा कोरोना बिमाको दावी प्रमाणीकरण अयोग्य रहने र यसबाट विमित व्यक्तिलाई पर्ने कठिनाईप्रति सम्बन्धित प्रयोगशाला नै जिम्मेवार हुने मन्त्रालयले जनाएको छ।

मन्त्रालयका अनुसार प्राप्त भएको १८००० विवरण प्राप्त भएकोमा १५ हजार भन्दा बढी प्रमाणीकरण भैसकेको छ। यस्तै, कोरोना बिमाको विमितहरुले विभिन्न सँस्थामा अनावश्यक दौडधुप गर्न परेकोमा सरकारको ध्यानाकर्षण भएको मन्त्रालयले जनाएको छ। त्यसकारण विमामा भैरहेको काम प्रक्रिया बारे स्पष्टरुपमा जानकारी दिन मन्त्रालयले सम्बन्धित निकायलाई आग्रह गरेको छ।