ससुराको हत्याको आरोपमा गुल्मीमा बुहारी पक्राउ

ससुराको हत्या गरेको आरोपमा गुल्मीमा बुहारीलाई प्रहरीले पक्राउ गरेको छ।

गुल्मीको रुरुक्षेत्र गाउँपालिका ३ की ४२ वर्षीया मनकला ज्ञवालीले गत शनिबार राति ९ बजेर ४५मिनेटमा ८७ वर्षीय ससुरा नन्दकुमार ज्ञवालीको हत्या गरेको आरोपमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी उपरीक्षक प्रवीणलाल श्रेष्ठले जानकारी दिनुभयो

मनकलालाई जिल्ला अदालत गुल्मीबाट म्याद थप गरी हिरासतमा राखिएको र थप अनुसन्धान भइरहेको छ।