निर्मलाको बलात्कारीलाई चाँडै कानुनको कठघारामा ल्याउछौं–गृहमन्त्री थापा

काठमाडौं – नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ओली समूहका सचिवालय सदस्य एवं गृहमन्त्री रामबहादुर थापा ‘बादल’ समृद्ध नेपाली, सुखी नेपालको नारालाई पुरा गर्ने अभियानमा देश पुनः एकपटक जुर्मराएको बताएका छन् ।
विराटनगरमा शनिवार आयोजित नेकपा ओली समूहको जनसभालाई सम्बोधन गर्दै सिंगो संसार कोरोनाबाट आक्रान्त भएको बेला नेपालमा संसद विघटन भएको भन्दै उनले देशलाई अस्थिरतातिर धकेल्ने प्रयास भइरहेको बताए ।

देशमा अस्थिरता कुनै बाह्यशक्तिबाट नभइ पार्टीभित्रैबाट सिर्जना गर्ने यास भएको बताउँदै उनले अवसरवादी र फुटवादीहरुका कारण देशमा असमान्य परस्थिति सृजना भएको बताए ।
जनताको बीचमा गएर कम्युनिस्ट आन्दोलनलाई एकीकृत गर्ने बताउँदै उनले गुटवादीलाई भण्डाफोर गर्ने उनले बताए ।

प्रचण्ड–माधव समूहले केही मन्त्रीहरु आफूतिर फर्किन लागेको गोयवल्स शैलीमा प्रचार गरेको टिप्पणी गर्दै मन्त्री थापाले प्रचण्ड–माधव समूह भयभित भएको टिप्पणी गरे । सरकारले लिएको कदम प्रतिगामी हो भनि भ्रम सृजना गरिरहेको आरोप लगाउँदै उनले सरकारलाई अपदस्थ गरी नेतृत्वमा जाने षड्यन्त्रपूर्ण काम प्रतिगामी कदम रहेको आरोप लगाए । गोयवल्सका शैलीमा असत्यलाई पटक पटक दोहोर्याइ रहेको आरोप लगाउँदै उनले गोयवल्स नीति तथा षड्यन्त्र सफल नहुने बताए ।
अवसरवादीहरुले षड्यन्त्र र भ्रमका खेती गरिरहेको बताउँदै उनले हिटलरले जस्तो पालेको आँकाक्षा कहिल्यै पुरा नहुने टिप्पणी गरे ।

अर्को प्रसंगमा उनले बलात्कारीलाई पानी मुनी गएपनि नछाड्ने बताए । उनले भागरथी भट्टको बलात्कारीलाई समात्न सफल भएको उल्लेख गर्दै निर्मला पन्ताका बलात्कारलाई पनि कानुनको कठघारामा ल्याइछाड्ने बताए । -ratopati